मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको सन्देशः हामी सँगै मिलेर काम गर्नेछौं


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिएका छन् ।

‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु ।’

उनले बिहीबार ट्वीटरमार्फत मोदीलाई स्वास्थ र दिर्घायुको कामना गर्दै दुई देशबीचको सम्बन्धलाई सुद्धृढ पार्न मिलेर काम गर्ने बताएका छन् ।

‘हामी निकट रहेर संयुक्त रुपमा दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन निरन्तर लागिरहने छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement