प्रचण्डले मागे प्रधानमन्त्री अ‍ोलीको राजीनामा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको  राजीनामा माग गरेका छन् ।

मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापनापछि चितवनबाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीमा अलिकति पनि लाज घिन भए राजीनामा दिनुपर्ने बताए ।

‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले भने ।

प्रचण्डले सांसदहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको बताएका हुन् । संसद पुनःस्थापनापछि प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement