एमाले अध्यक्ष ओली आज १ बजे उपचारका लागि बैंकक प्रस्थान गर्दै


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न उपचारका लागि बैंकक प्रस्थान गर्दैछन्।

 

 

 

केही दिनअघि झाडापखाला हुँदा कमजोर बनेका ओलीको यो स्वास्थ्य जाँचलाई नियमित नै भनिएको उनका सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माले बताए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् ।ओलीसँग उनकी पत्नी राधिका शाक्य, सहयोगी राजेश महर्जन र चिकित्सकको एउटा टोली अपरान्ह १ बजे सँगै जाने छ।

 

ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने कार्यक्रम रहेको छ ।

 

चिकित्सकले तीन महिनामा नियमति स्वास्थ्य उपचारका लागि आउनु भनेपनि व्यस्तताका कारण ओली ६ महिनापछि मात्र फलोअपका लागि जान लागेका हुन् । उनले आफ्नो हातको फङगस्को उपचार बैंककमा गर्दै आएका छन् । ओलीले मिर्गाैला प्रत्यारोपणपछि लामो समयदेखि नियमित औषधि खाइरहेका छन्।

 

 

स्वास्थ्य परीक्षणका लागि बैंकक यात्रा तय गर्नूपूर्व ओलीले वाम एकताबारे खाका निर्माणका लागि आन्तिरिक र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुटै छलफल गरेका थिए।

 

उनी स्वास्थ्य जाँच गरेर आगामी माघ २ गते स्वदेश फर्कने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement