सरकारले ललिता निवास प्रकरणमा आफूलाई हिरो देखाउन स्टन्ट गर्‍याे : अध्यक्ष ओली


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धानमा सरकारले आफूलाई हिरो देखाउन स्टन्ट मात्र भएको दाबी गरेका छन् ।

शुक्रबार स्ववियू काउन्सिल नेपालको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको कीर्तिपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको दाबी गरेका हुन् ।

ओलीले भने, ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement