एमालले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा ‘केन्द्रीय निर्वाचन परिचालन कमिटी’


 

काठमाडौं– नेकपा (एमाले) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

 

 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी बनाउन भन्दै एमालेले २७ सदस्यीय कमिटी गठन गरेको हो।

 

 

कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहेका छन्।

 

 

त्यसैगरी डा युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, केशवप्रसाद बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा पनि सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement