प्रचण्डले माफी माग्नुपर्ने बताउँदै अ‍ोलीले भनेः भोलीको बैठकमा आउँदिन


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर १७ गते अर्थात बुधबार पनि बस्दैछ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

आजको बैठकमा प्रधानमन्त्री अ‍ोलीले चार वटा अडान लिएका छन् । उनले बैठकको सुरुवातमा एजेण्डाबारे प्रश्न गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता लिए मात्रै बैठक सुचारु गर्ने अडान लिए ।

त्यस्तै अ‍ोलीले प्रचण्डले आफूमाथि गलत आरोप लगाएकाले माफी माग्नुपर्ने बताए । उनले प्रचण्डले लगाएका आरोपबाट पार्टी एकताको रक्षा र सँगै जान नसकिने बताएका हुन् । अन्त्यमा ओलीले भोली अर्थात मंसिर १७ गतेको बैठकमा अनुपस्थित हुने बताएका छन् ।

ओलीले भोलीको बैठकमा कार्यव्यस्तताका कारण आउन नसक्ने बताइसकेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलीको बैठकमा प्रधानमन्त्री उपस्थित नहुने जानकारी दिए ।

उनले आजको बैठक पनि स्थगित गर्नुपर्ने बताएका थिए । तर, नेताहरुको विरोधपछि बैठक सुचारु भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीका समस्या अन्य माध्यमबाट हल गर्नुपर्ने र बैठकको औचित्य नरहेको बताएका थिए ।

‘ओलीजीले पार्टीलाई एकलौटी रुपमा लैजान्छु भन्ने घमण्ड पाल्नुभएको जस्तो देखियो । तर, यसले सिंगो पार्टीलाई नै असर गर्छ’, नेकपाका एक नेताले भने ।

पछिल्लो समय प्रधानमन्त्री अ‍ोलीको अभिव्यक्ति र व्यवहारबाट स्वंय उनी निकट नेता नै असन्तुष्ट बन्दै गएका छन् । उनले आजको बैठकको औचित्य नभएकाले स्थगित गर्नुपर्ने बताएपछि ईश्वर पोखरेललेसमेत असन्तुष्टी जनाएका छन् । पोखरेलले पार्टीका समस्या बैठकबाटै हल गर्नुपर्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement