अध्यक्ष ओलीले यो वर्षको दशैँमा टिका नलगाउने


काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको बडा दशैँको टिका नलगाउने भएका छन् ।

उनको भाइको निधनको कारणले अध्यक्ष ओलीले यो वर्षको दसैँमा टिका नलगाउने भएका हुन् ।  तर, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement