काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाएका छन् । ओलीले वर्तमान सरकारबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने बताए।
पार्टीको भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।
‘यो सरकार काम गर्न जन्मेकै होइन । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ । राजमार्गको गाडीभन्दा छिटो विकासको गति अगाडि बढ्छ,’उनले भने, ‘यो सन्देश तपाईंहरुले गाउँगाउँमा लिएर जानुहोस् ।’ उनले निर्वाचनको बेला जनतालाई अलमल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप लगाए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्री भिसा र फ्री टिकटको कुरा नगरेको दाबी गरे। त्यस्तै अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको दाबी समेत गरेका थिए।




प्रतिक्रिया