काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चिसोका कारण घाटीमा देखिएको समस्या अझै सुधार भएको छैन । घाटीमा समस्या देखिएपछि बुधबार बेड रेस्ट गरेका प्रधानमन्त्री ओलीले आज पनि त्यसैलाई निरन्तरता दिएका सचिवालय स्रोतले जानकारी दियो ।
सचिवालयले प्रधानमन्त्री ओली आज पनि अत्यावश्यकबाहेक भेटघाटमा सहभागी नहुने जानकारी दिएको छ । ‘उहाँ (प्रधानमन्त्री)को घाटीमा देखिएको समस्या निको भएको छैन । आज पनि अत्यावश्यक बाहेकका कार्यक्रममा सहभागी हुनुहुन्छ । आराम गरिरहनु भएको छ,’ सचिवालय स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीलाई बोल्न गाह्रो भइरहेको बताइएको छ । चिकित्सकहरूले ‘भ्वाइस रेस्ट’ गवर्न सुझाव दिइरहेकाले आराम गरिरहेका सचिवालय स्रोतले जानकारी दियो । ओली साइडइफेक्ट गर्छ कि भनेर डाक्टरको निगरानीमा बसिरहेका छन् ।
स्वास्थ्य ठीक नभएपछि ओलीले बुधबार पूर्वनिर्धारित कार्यक्रम र भेटघाट स्थगित गरेका थिए । बुधबार बिरामी परेकाले आजका लागि कुनै कार्यक्रम र भेटघाट तय गरिएको थिएन ।
प्रतिक्रिया