प्रधानमन्त्री ओलीले किन गरे पांच भाषामा ट्विट


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बतएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गर्नुभएको हो । वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement