कांग्रेस नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार देखेर तर्सियो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूहरूलाई लोकतन्त्रको पाठ सिकाउनु विचित्र भएको बताएका छन् । कांग्रेस अहिलेको हारबाट आत्तिएको उल्लेख गर्दै उनले भने हाम्रो बहुमत आयो,’ प्रधानमन्त्रीले भने,‘कांग्रेसले जे गरे पनि लोकतन्त्र जसो गरे पनि लोकतन्त्र। आफू नभएपछि उसलाई अधिनायकवाद आयो।’ भनि टिप्पनी गरे ।

सोमबार ४० औँ पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार देखेर तर्सिएको बताए।

पहिलो संविधानसभाको निर्वाचनमा आफूहरुले पराजय हुँदा पनि नहड्बडिएको र जनतालाई सम्झाउँदै बुझाउँदै धैर्यतापूर्वक अगाडि बढेको स्मरण गर्दै उनले कांग्रेसलाई धैर्यता नगुमाउन सुझाव दिए।

कांर्यक्रममा प्रचण्डजस्तै कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री उनले आफ्नो सम्बोधनको अधिकांश समय कांग्रेसलाई गाली गर्नमा खर्चिएका थिए।

‘हामी पनि प्रतिपक्षमा थियौं। ३३ सिट मात्र ल्याएका थियौं। तर हामीले धैर्यता गुमाएनौं। शालिन ढंगले जनताबिच जाने, नबुझेका कुरा बुझाउने काम गर्‍यौं। हिंसात्मक दमनको शान्तिपूर्ण प्रतिरोध गर्‍यौं।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेसले २०४८ सालदेखि नै कम्युनिस्टले जित्यो भने अधिनायकवाद आउँछ भन्दै आएको बताए।
कांग्रेसको सरकार आएपछि एमालेका तीन हजजार कार्यकर्तालाई मुद्दा लगाएको र एक सय २२ जनाको हत्या गरेको पनि उनले आरोप लगाए।
कांग्रेसको अहिलेको विरोध पनि अनावश्यक नभएको बताएका छन्। उनले जनता यस्ता अन्दोलन र अल्झनमा नअल्मलिने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र विभिन्न तरिकाले खेल्ने प्रयास गरेको भन्दै त्यसको असर पार्टीमा नपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement