काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहिन भएको बताएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांगेस र एमाले मिलेर बनेको गठबन्धन २०८४ को आम निर्वाचनसम्म कायम रहने बताए ।
‘सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न मेरो आग्रह छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेकपा (एमाले) र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमति बमोजिम अघि बढ्छ ।’
ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताए । उनले नयाँ भवनबाट जनतालई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन आग्रह गरे ।
प्रतिक्रिया