क्रान्तिकारी मिमुरा कप प्रतियोगिताको विजेता सहिद स्मारक कलेज(बी)


काठमाडौं- अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्व विद्दालय चितवनले सहिद सप्ताहको अवसरमा सहिदहरु क.मित्रमनी आचार्य, मुकुन्द न्यौपाने र रामबहादुर खड्काको स्मृतिमा आयोजित मिमुरा कप अन्तर कलेज फुटबल प्रतियोगिताको विजेता सहिद स्मारक कलेज (बी) भएको छ ।

सोमवार साँझ सम्पन्न फाइनल खेलमा सहिद स्मारक कलेज (बी) ले सहिद स्मारक (ए) कलेजलाई टाई ब्रेकरले हराएको हो ।

सहिद स्मारक कलेज (बी) का खेलाडीले उपाधिसँगै नगद ५५ हजार पाँचसय रुपैयाँ पनि प्राप्त गरेका छन्। प्रतियोगितामा सहिद स्मारक कलेज कै सहिद स्मारक (बी) टिम उपविजेता बनेको छ । उपविजयता खेलाडीले नगद ३३ हजार तिन समय ३३ रुपैयाँ हात पारेका छन् ।

प्रतियागितामा विजयी खेलाडीहरुलाई अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नगद, प्रमाणपत्र र मेडल प्रदान गर्दै सबै खेलाडीहरुलाई बधाई दिएका थिए।

‘म्यान अफ द म्याच’ सहिद स्मारक कलेज (बी) का रविन्द्र श्रेष्ठ भएका छन‍् । यसैगरी हाइस्कोरर (७ गोल) सहिद स्मारक कलेज (ए) का विमल तामाङ र बेस्ट प्लेयर अफ दि सहिद स्मारक कलेज (ए) का अस्विन पाख्रिन भएका छन् ।

प्रतियोगितामा बेस्ट किपर आयोजक टिमबाट सुबोघ पोख्रेल भएका छन् ।

अखिल (क्रान्तिकारी) कृषि तथा वनविश्वविद्यालय चितवनले सहिद सप्ताहको अवसरमा आयोजना गरेको प्रतियोगितामा कुल १६ कलेज सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement