काठमाडौं-९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी


काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । यो संगै नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । श्रेष्ठले १० हजार २० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलामा भने तेस्रो स्थानमा पुगेकी छन् । उनले ५ हजार २७९ मत प्राप्त गरेकी छिन्।

श्रेष्ठ ०७४ को निर्वाचनमा यही क्षेत्रबाट वामगठबन्धनको उम्मेदवारका रुपमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement