‘कृषि बिकासको अबको एक मात्र बाटो प्राङगारिक कृषि’


काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्राङगारिक कृषि अवको कृषि बिकासको एक मात्र बाटो भएको बताएका छन् । नेपाल सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनमा बाल्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाली कृषिलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने कुराको खाका बनाउन कार्यदललाई यस सम्मेलनले सघाउ पु¥याउने बताए ।

प्राङगारिक कृषि प्रवद्र्धनका लागि उच्च स्तरीय कार्यदलले बैशाख ३१ र जेठ १ गते अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनको आयोजना ग¥यो । उक्त कार्यदलले प्राङगारिक कृषि प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासहरुको बारेमा जानकारी लिन यो कार्यक्रम आयोजना गरेको बताएको छ ।

सांसद प्रदीप गिरीले समाजवादको कार्यान्वयनको उत्कृष्ट मोडेल दिगो कृषि को सुत्रधार प्राङगारिक कृषि प्रवद्र्धनको बिकल्प समेत नभएको कुरा बताए ।

यस सम्मेलनमा क्युवा, भुटान र भारतका प्राङगारिक कृषिसंग सम्बन्धित बिशेषज्ञहरु, अभियन्ताहरु र बैज्ञानिकहरुले आ–आफ्ना देशमा प्राङगारिक कृषि प्रवद्र्धनका लागि भएका प्रयासहरुका बारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यसै क्रममा नेपाली कृषकहरुले पनि प्राङगारिक कृषिसंग सम्बँिधत आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका संघीय कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा मन्त्री र राज्य मन्त्री, प्रदेश भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरु, संघिय तथा प्रदेश सांसदहरु, कृषि क्षेत्रका उच्च पदस्थ सरकारी कर्मचारीहरु, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, स्थानीय तहका प्रमुखहरु, प्राङगारिक कृषिका अभियन्ताहरु, किसान सघसंगठनहरु, गैर सरकारी क्षेत्रका प्रतिनिधिहरु, कृषि ब्यवसायीहरु लगायतका बिभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement