गायक राईको ‘काँडा जति आफूलाई, फूल अरु कसैको…’ सार्वजनिक


काठमाण्डु – गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् ।

गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।

डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिलको रहेको छ भने कान्छा छोरा मनसुनले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् ।

भिडियोमा युवा उमेरमा हुने प्रेमको उतारचढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement