हटस्पट बन्दै काठमाण्डु, एकैदिन थपिए १४९८ संक्रमित


काठमाण्डु – काठमाण्डु उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाण्डु उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement