टोखामा खुंखार डाका विष्णु तामाङलाई गोली हानी नियन्त्रणमा लिइयो


काठमाडौं – महानगरीय अपराध महाशाखाले खुंखार डाका काले भन्ने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ। अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे काले भनिने ’ विष्णु तामाङलाई काठमाडौँको टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो।

डाँका मुद्दामा आधा दर्जनभन्दा बढी उजुरी परेका विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली प्रहार गरेको एसएसपी सहकुल बहादुर थापाले बताएका छन्।  उनको घुँडामा गोली लागेको छ। घाईतेको बीर अस्पतालमा उपचार भईरहेको छ।

तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए।  कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेको आरोपमा महाशाखाको टोलीले खोजी रहेको थियो । एसएसपी थापाले भने, ’पेस्तोल तेर्साएपछि गोली हानेर नियन्त्रणमा लिनु पर्याे।’ उनी अन्य आपराधिक घटनामा समेत संलग्न रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement