काठमाडौं प्रहरी प्रमुखमा बसन्त लामा, पोखरेल पुगे दिल्ली


काठमाडौं – गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची सार्वजनिक भएसंगै काठमाडौं प्रहरी परिसरको प्रमुख पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई सरुवा गराई काठमाण्डु प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ । भने एसएसपी विश्वराज पोखरेललाई भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा सरुवा गरेको छ ।

काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए । त्यस्तै रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए । धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो ।

ललितपुरमा भने गणेशबहादुर ऐर प्रहरी प्रमुख थिए । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी कार्यलयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement