उपत्यकासहित यी जिल्ला बाढीको उच्च जोखिममा

उपत्यकासहित यी जिल्ला बाढीको उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज बिहानैदेखि काठमाण्डु उपत्यकासहित देशभर भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षासगै देशभर बाढी, डुबान र पहिरोको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले २४ घण्टे बुलेटिन जारी गर्दै काठमाण्डुसहित देशका ४० जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, मकवानपुृर, चितवन, धादिङ, काठमाण्डु, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, लमजुङ, पर्वत, कास्की, बागलुङ, म्याग्दी, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोटा, कालिकोट, दैलेख र सुर्खेतमा बाढीको उच्च जोखिम रहेको छ ।