केयूले असुल्छ विलम्ब शुल्क नै १० लाख

केयूले असुल्छ विलम्ब शुल्क नै १० लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज असुल्ने गरेको छ। ब्याजसहित विलम्म शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीले गुनासो गरेका छन्।

तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,ु केयूमा पढ्ने एक विद्यार्थीले भने लेट फीमा पनि दैनिक ब्याज जोडेर रकम तिर्नु पर्छ। केयूको सम्बन्धन प्राप्त कलेजले एउटै विद्यार्थीबाट ब्याजसहित १० लाख सम्म विलम्ब शुल्क असुलेको भेटिएको छ।

विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन। सरकारले एमबीबीएस अध्ययन गर्न काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज केएमसी, कान्तिपुर डेन्टल कलेज, भरतपुरको कलेज अफ मेडिकल साइसेन्स, नोबेल मेडिकल कलेज मोरङ, नेपालगन्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रूपन्देहीले शैक्षिक शुल्कको नाममा विद्यार्थीसँग अतिरिक्त शुल्क लिएर ठगी गरेको विद्यार्थीले गुनासो गरेका छन्।

यी कलेजमा अध्ययनरत विद्यार्थीले बढी लिएको शुल्क फिर्ताका लागि पहल गरिदिन विश्वविद्यालयलाई आग्रहसमेत गरेका छन् तर सुनुवाइ भएको छैन। विद्यार्थीले दबाब समूह गठन गरेर शुल्क फिर्ताको पहल गरिरहेका छन् । शुल्क नतिरे आन्तरिक परीक्षामा फेल गरिदिने हुनाले विद्यार्थी खुलेर बोल्न सक्दैनन्। ‘समयमै शुल्क नतिरे विद्यार्थीलाई फेल गरिन्छ,’ केयूको स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलमा अध्ययनरत एक छात्रले भने, ‘पढाइमा अनेक अप्ठ्यारो पार्ने हुँदा बोल्ने सक्ने अवस्था छैन।’ त्यही कारण बढी शुल्कको विषयमा स्थानीय जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न नसकेको विद्यार्थीको भनाइ छ।

कलेजहरूले ४ किस्तामा गरेर ४९ लाख ९० हजार विद्यार्थीबाट लिन्छन्। सरकारले काठमाडौं उपत्यकाबाहिर ४२ लाख रुपैयाँ ३ किस्तामा लिने प्रावधान बनाएको छ । केयूले सम्बन्धन दिएका कलेजहरूले भर्नाका बेला २५ लाख लिन्छन्। ५० र २५र२५ प्रतिशतको किस्ता प्रणाली पनि उल्लंघन गरिएको छ। पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमशः ८ लाख ३० हजारका दरले रकम असुल्ने गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।