काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । उनले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिने भएका छन् ।
उनले आजै विश्वासको मत लिनेछन् । प्रदेशसभाको बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले प्रदेशसभा अवरुद्ध पारेपनि प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची सार्वजनिक गरेको हो ।
प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया