कुलमान घिसिङले भने ‘लोडसेडिङ भएको छैन्, केही ठाउमा देखिएको समस्या पनि छिट्टै समाधान हुन्छ’


काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौंलगायत देशभर लोडसेडिङ नभएको स्पष्ट पारेका छन् । उनले नेपाल विद्युत प्राधिकरणको भविष्यमा समेत लोडसेडिङ गर्ने त्यस्तो कुनै योजना नभएको दाबी गरे । प्राविधिक गडवडीका कारण केही ठाउमा केही बेरका लागी मात्र समस्या भएपनि लोडसेडिङ नै नभएको घिसिङको भनाई थियो ।

हावाहुरीले देशका केही भागमा विजुली आउने–जाने समस्या देखिएपछि त्यसलाई नै लोडसेडिङ भएको भन्दै प्रचार गरिएपछि प्राधिकरणको तर्फबाट यस्तो भनाई सार्वजनिक भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले हावाहुरीका कारण आएको प्राविधिक समस्या र ट्रिपिङको समस्या समाधान गर्न देशभर कर्मचारी खटाइसकेको जानकारी दिए । प्राधिकरणले समस्या देखिएपछि देशभर नै कर्मचारीको टिमलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको छ ।

‘केही दिन यता देखिएको प्राविधिक समस्या समाधान गर्न हामीले २४ सै घण्टा प्राविधिक कर्मचारी खटाएका छौं, लोडसेडिङका कारण नभई सुख्खायाम सुरु भएसंगै सुरु भएको हावाहुरीका कारण र मर्मत कार्य भएको क्षेत्र वरपर केही ठाउमा समस्या देखिएपनि त्यसको समधान छिट्टै गर्छौ ।’ प्रवक्ता अधिकारीले भने ।

उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन् । मन्त्री पुनको निर्देशनपछि घिसिङले उपत्यकाका कार्यालय प्रमुखलाई बोलाएर छलफल समेत गरिसकेका छन् । उनी आफै पनि फिल्डमा खटिएर काम गरिरहेका छन् । मन्त्री पुन र प्राधिकरण प्रमुख घिसिङ विदाको दिन समेत आईतबार लोड सेन्टरको अवलोकनमा जादैं छन् ।

प्राधिकरण प्रमुख घिसिङले विद्युत आपुर्तीमा केही ठांउ देखिएको समस्या छिट्टै समाधान हुने बताए । उनकाअनुसार अहिले लोडसेडिङ गर्नुपर्ने अवस्थाा प्राधिकरण छैन् । घिसिङले भने ‘प्राविधिक समस्याका कारण केही क्षेत्रमा केही बेरका लागी समस्या उत्पन्न भएको छ, यस्ता समस्या तत्काल समाधान गर्न उर्जामन्त्रीज्यूबाट पनि निर्देशन भएकाले छिट्टै यसको समाधान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement