कुमारी बैंक लिमिटेड र माइकलग्रिल्सबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र माइकलग्रिल्स प्रालिबीच कुमारी बैंकको ग्राहकमहानुभावहरुले विशेष छुट प्राप्तगर्ने सम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वाहकहरु तथामोबाइल बैंकिंगप्रयोगकर्ताहरुले माइकलग्रिल्स प्रालिको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा रइमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन्।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement