कुमारी बैंक र ल्यान्डमर्क फुड्सबीच सहकार्य


काठमाण्डु – कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुडस्बीच आफ्ना ग्राहकहरुलाई कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरिएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमर्क फुडस्का तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement