कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता


कैलाली – कुमारी बैंक र माया मेट्रो अस्पतालबीच स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो अस्पतालबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड,इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशतछुट र ओटि, अम्बुलेन्स सेवामा ५प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यस सुविधाबाट सेवा ग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement