कांग्रेसले गठबन्धन गरेर कांग्रेसी मतदाताको अपमान गरेको छ : कुुन्ती पोख्रेल


काठमाण्डु –  नेपाली कांग्रेसले माओबादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, सुुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्‍याएको कुन्तीदेवी पोख्रेलले बताएकी छिन् । काठमाण्डु २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

काठमाण्डु क्षेत्र नं २ का मतदातासँग भेटघाट तथा भलाकु्ुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गरेर माओबादिलाई भोट हाल्न लगाइनुु आफैमा दुखद् भएको बताएकी छिन् । उनले नेपाली कांग्रेस क्षेत्र नं २ का कार्यकर्ता तथा मतदाताहरुलाई तपाईंहरुको सिद्धान्तसँग नजिक रहेको राप्रपाको ‘हलो’ चिन्हमा भोट हाल्न आव्हान गरेकी छिन् ।

उनले देशको राष्ट्रियता, सार्वभौमिकताको रक्षा, देशको सर्वाङगीण विकासको लागि राप्रपाको हलो चिन्हमा मतदान गर्नुपर्ने बताएकी हुन् । आफ्नो सिद्धान्त एकातिर चिन्ह एर्कातिर भोट अर्कैतिर हुने अनि कार्यकर्ताले चित्त दुखाउने हुन्छ ? उनले प्रति प्रश्न गरिन् । माओवादीसँग गठबन्धन गरेपछि कांग्रेसका कतिपय जिल्लाहरुमा विद्रोहसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement