कुशल भुर्तेल बने टी-२० सिरिजको उत्कृष्ट खेलाडी


काठमाण्डु –  नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् ।

प्लेयर अफ दि सिरिज भएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए । भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमान समेत बनाएका छन् ।

यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बनेका छन् । उनले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएका लामिछानेले १०१ खेलमा १३८ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement