एल साल्भाडोरमा एकै दिन ६२ जनाको हत्या


एजेन्सी – एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् ।

‘यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ,’ राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ । ‘हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं,’ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement