त्रिभुवन विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम थाई गाँजासहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् ।

विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम थाई गाँजासहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई पक्राउ परेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौला अनुसार म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका थिए। भारतीय भने थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए।

प्रहरीले गाँजासहित ८ थान राहदानी र ८ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको निरौलाले जानकारी दिए।