प्रहरी र लघुवित्त पीडितबीच धकेलाधकेल


काठमाण्डु- लघुवित्त पीडितहरुले काठमाण्डुको नयाँ बानेश्वरमा बुधबार प्रदर्शन गरेका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग गर्दै विरोध प्रदशन गरेका हुन् ।

यसैबीच निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाण्डुमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement