‘लक्का जवान’ वैशाख २३ गते प्रदर्शनमा आउने


काठमाण्डु – आगामी नयाँ वर्षमा ‘लक्का जवान’ फिल्म प्रदर्शनमा आउने भएको छ । हास्य कलाकार शिवहरी पौडेलको निर्देशनमा रहेको उक्त फिल्मको फिल्मको वैशाख २३ गते रिलिज मिति तय भएको जनाइएको छ ।

कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन । पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement