काठमाडौं– प्रदेश २ को सरकार गठनका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति भएको छ।
दुई दलका शीर्ष नेताहरुको बैठकले फोरमलाई मुख्यमन्त्री र राजपालाई सभामुख दिने गरी सहमति गरेको हो।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित सहमति पत्रमा फोरमले मुख्यमन्त्री र उपसभामुखसहित ३ मन्त्रालय र राजपाले सभामुखसहित ३ मन्त्रालय पाउने उल्लेख छ।
सहमति अनुरुप फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उससभामुख पाउनेछ।
राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पाउने छ।
सहमति अनुसार प्रदेश २ मा फोरमका लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनी यसअघि नै संसदीय दलको नेतामा निर्वाचित भइसकेका छन्।
प्रदेश नम्बर २ मा १ सय ७ जना सांसद रहेकोमा फोरमका २९ र राजपाका २५ सांसद रहेका छन्। बहुमतको लागि ५४ सिट आवश्यक पर्नेमा २ दलको ५४ सिट नै छ।
प्रतिक्रिया