‘चिसो चिसो पानी’पछि निर्वाण र कुशको डान्स नम्बर ‘लाली’ सार्वजनिक

‘चिसो चिसो पानी’पछि निर्वाण र कुशको डान्स नम्बर ‘लाली’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ ।

‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो ।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित र्ट्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन् ।

गीतमा प्रेम, युवापुस्ताको आकर्षण र ‘नाइटलाइफ’लाई रोचक ढंगले प्रस्तुत गरिएको छ । क्याची कोरस र ऊर्जावान् बीट रहेको यस ट्रयाकमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीतमा गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन (बीट प्रोडक्सन) ले जीले गरेका हुन् ।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको ट्रयाकमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको सुन्दर मिश्रण सुन्न सकिन्छ । हरि हुमागाईंको निर्देशनमा तयार पारिएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन (डीओपी) र भिजुअल सम्पादन स्वयं निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन् । प्रबिन मानन्धरले भिडियोको कलरिङ र सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

७ समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतलाई निरन्तरता दिइरहेका निर्वाण र कुशको यो प्रयासलाई प्रवासबाटै नेपाली सुगम संगीत र र्‍याप विधामा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ । डिजिटल प्लेटफर्म तथा टिकटक/रिल्सलाई लक्षित गरी तयार पारिएको यो गीतले युवापुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।