ललिता निवासको जग्‍गामा तारबार लगाउन बालुवाटार पुग्यो महानगरको टोली


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको जनाइएको छ । मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएका हुन् । सोही निर्देशन अनुसार महानगरप्रहरीको टोली बालुवाटार पुगेको हो ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।  सो जग्गा प्रकरणमा छानबिन भइरहेको बेलामा मेयर बालेनले तारबार लगाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement