ललिता निवासका संरचना हटाउन काठमाण्डु महानगरको सात दिने अल्टिमेटम


काठमाण्डु-  काठमाण्डु महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।

सात दिनको समय दिँदै सूचना टाँसेको काठमाण्डु महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उनले बताए । ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उनले बताए ।

ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement