ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट


काठमाडौं – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले ढकालको बुधवार सांझ बम विस्फोट भएको जानकारी दिईन ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएको ढकालको सानो र्भयाङस्थित घरमा विस्फोट भएको हो । वम विस्फोटका कारण घरका शिशा र गाडीमा क्षति पुगेको छ । घटना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement