ललितपुर प्रहरी प्रमुख ऐरलाई सोधियो स्पष्टिकरण,यस्तो छ कारण ?


काठमाडौं– ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरलाई प्रहरी मुख्यालयको दबावमा स्पष्टीकरण सोधिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको दबावमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले ऐरलाई नियमावली विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको छन् ।

ललितपुरमा बिवादीत पृष्ठभुमिका भारतिय व्यापारी रविन्द्र सिंहले ललितपुरका दीलिप डंगोल र उनकी श्रीमती नीता डंगोललाई अपहरण गर्नुका साथै कुटपिट गरेको उजुरी परेपछि सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । सिंहले आर्थीक विवादमा दीलिप डंगोललाई आफ्नै रेष्टुरेण्टमा बोलाएर कुटपिट गर्नुका साथै उनकी श्रीमतीलाई घरमा बन्धक बनाएर २४ घण्टा थुनेर राखेपछि पुल्चोक प्रहरी प्रभागले उनलाई कात्तिक २४ गते पक्राउ गरी हिरासतमा राखेको थियो ।

प्रहरीले पक्राउ गरेपछि उनलाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । सिंह अदालतबाट छुटेर आएपछि विभिन्न शक्तिकेन्द्र पुगेर आफुलाई प्रहरीले आर्थीक प्रलोभनमा परेर मुद्दा चलाएको गुनासो गरेका थिए । प्रहरी महानिरीक्षक अर्यालले स्पष्टीकरण विना नै पुल्चोक प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थीलाई निलम्बन गर्ने आदेश दिएका थिए । पन्थी हाल प्रहरीको गणमा नजरबन्दमा छन् भने उनलाई निलम्बन गर्न प्रहरीले लेखेको पत्र गृहमन्त्रालयमा थन्केको छ ।

प्रहरी महानिरीक्षक अर्यालले पुर्वाग्रह राखेर पन्थीमाथी कार्वाही गरेको स्रोतको दाबी छ । पन्थीलाई पुर्व डिआईजी नवराज सिलवाल निकट अधिकृतको आरोप समेत लगाईएको छ। महानगरिय प्रहरी आयुक्तको कार्यालयले लेखेको पत्रमा आर्थीक लेनदेनको मुद्दामा प्रहरी नै अग्रसर भएर किन अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको हो भन्दै लिखित स्पष्टिकरण सोधिएको छ ।

उक्त घटनाका आरोपित निरीक्षक पन्थीले भनेले आफू कुनै आर्थिक गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन् । उनले सिंहले ललितपुरमा भारतिय दुतावासको आवरणमा गुण्डागर्दी गर्दै आएको बताएका थिए । सिंहले शक्तिकेन्द्रमार्फत प्रहरी र पिडित डंगोलका परिवारलाई दबाव दिएपछि जाहेरीवालाले बयान फेरेका थिए । उनिहरुले प्रहरीमा समेत आफुहरुले आवेशमा आएर जाहेरी दिएको भन्दै बन्धक नबनाएको ब्यहोरासहितको उजुरी दिएपछि प्रहरीलाई समस्या भएको हो ।

सिंहले आफ्नो भारतिय दुतावाससंग निकट सम्बन्ध भएको भन्दै ललितपुरमा बसेर बिवादित काममा संलग्न हुंदै आएका छन् । उनि यसअघि पनि आर्थीक लेनदेनकै कारण हातपात गरेको भन्दै बिवादमा आएका थिए । पछिल्लो समय प्रहरी नेतृत्वले मातहतका निकायको कुरा नसुन्ने तर,बाह्य दबावमा संगठनका कर्मचारीमाथी विना अनुसन्धान निलम्बन गरेको भन्दै प्रहरीमा असन्तुष्टी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement