लालपुर्जा पाउँदै बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासी,१८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्ने


महोत्तरी – बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् ।  लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।

डिजिटल प्रविधिबाट नक्सांकनसमेत सम्पन्न भइसकेको छ ।  नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुन: सम्झौता  गरी लागत संकलन तथा नापजाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।

नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् । अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement