स्वास्थ्यमा सुधार आएपछि लता मंगेश्कर घर फर्किइन्


एजेन्सी – प्रख्यात गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन् । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमवार अस्पताल भर्ना भएकी उनी स्वास्थ्यमा सुधार देखिएपछि घर फर्किएकी हुन् ।

मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको उनलाई अस्पतालबाट डिस्चार्जपछि घरमै डाक्टर राखेर उपचार सुरु गरिएको छ । केही दिन पहिले लताको टिमले एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिति नाजुक रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement