प्रख्यात गायिका लता मंगेशकर बिरामी, आईसीयूमा राखेर उपचार गरिँदै


एजेन्सी – भारतीय चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसोदेखि उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको लताका सहयोगी अनुषा श्रीनिवासले जनाएकी छन् ।

श्रीनिवासले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिर रहेको जनाएकी छन् । ‘९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन, उनको स्वास्थ्य गम्भीर छ,’ विज्ञप्तीमा भनिएको छ ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित भएकी लताले कैयौं नेपाली गीतमा समेत स्वर दिएकी छन् । उनी भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement