मज्जाले हांस्नुहोस स्वस्थ रहनुहोस्


काठमाडौं – रोगबाट मुक्त हुन विभिन्न अस्पतालहरुमा जान्छौं । तर अस्पताल पनि धाउन नपर्ने एक सजिलो उपाए हांसो पनि हो । यसले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउंछ ।

हांसोले शारीरिक र मानसिक तनाव हटाउनका साथै मांसपेशीलाई आराम दिलाउंछ । रोगसंग लड्ने क्षमतामा वृद्धि हांसोले गर्छ । हांस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्दैन । हांस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

एक अध्ययनको नतिजाअनुसार भूईमा लडेर पेट मिचीमिची अनियन्त्रित तरिकाले हांस्नाले १२० क्यालोरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ । जुन मध्यम गतिमा हिंड्दा प्रयोग हुने क्यालोरी बराबर हो । एक राम्रो खुलेर हांसिएको हांसोले तपाईको पेटलाई नियन्त्रण गर्छ ।

बैज्ञानिकहरुको अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेसी सीक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको ब्यायाम पेटको क्रन्चिङ भन्दा हांसोबाट बढी हुने गर्छ । खुलेर हांस्नाले रक्तसंचारलाई पनि प्रभावकारी बनाई मुटुका मांसपेसीको समेत व्यायाम गराउने गर्छ ।

डा. पिचर भन्छिन्, ‘तपाई कमेडी कार्यक्रम हेर्दाहेर्दै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि त्यो कार्यक्रम हेर्दै केही खाईरहनु भएको छैन भने । म आफैपनि हांस्य कार्यक्रम हेरेपछि बढी स्वस्थ र फिट भएको महसुस गर्छु ।’

 हृदयघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ । हांस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ । नहांस्ने मानिसभन्दा बढी समयसम्म बांचेको नर्वेमा गरिएको एक अध्ययनमा पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement