सुदूरपश्चिममा नयाँ गठबन्धन : मुख्यमन्त्रीमा चौधरीको दाबी पेश, कांग्रेस र समाजवादीको समर्थन


धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

चौधरीले आईतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन छ । नेपाली कांग्रेसका १८, नाउपाका ४, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा चौधरीले दाबी पेश गरेका छन् ।

केन्द्रमा बनेको गठबन्धनअनुसार नाउपाबाटै मुख्यमन्त्री बनाउन खोजिए पनि पार्टीभित्रको विवादका कारण चौधरीले कांग्रेससँग मिलेर दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement