लक्ष्मी बैंकको नयाँ वर्ष अफर, यस्ता छन् सुविधा


काठमाण्डु – लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष अफरमार्फत ४.५% ब्याजदर भएको आकर्षक सुविधाहरु ल्याएको छ । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेञ्ज सेभिङ प्लस’बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

‘ओरेञ्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख सम्मको दुर्घटना मृत्यु/अक्षमता बिमा सुविधा पाउन सक्नेछन् । यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएमा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेञ्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ‘ओरेञ्ज कार्ड’ निःशुल्क प्राप्त गर्नेछन् ।

सो अफर ओरेञ्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ । यसै गरीविभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता“ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको छ ।

थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईट www.laxmibank.com मा जान सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement