बालुवाटारको रात्रीभोजः भुटेको मकै र कालो चिया !


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सकिए लगत्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आइतबार साँझ बालुवाटारमा रात्रिभोजको आयोजना गरेका छन् । भोजका लागि सबै केन्द्रीय सदस्यहरुलाई ह्वीप नै जारीगरिएको थियो ।

नेकपा एक जना केन्द्रीय सदस्यले बालुवाटारको भोजको विषयमा सामाजिक सञ्जालमा व्यंग्य पोखेका छन् । उनले बालुवाटारको भोजमाथि व्यङ्ग गर्दै यस्तो लेखेको सहजै अनुमान गर्न सकिन्छ ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरकै भुटेको मकै र कालो चिया मिठो !’

प्रधानमन्त्री ओलीले आइतबार चार सय ४५ केन्द्रीय सदस्यलाई बालुवाटारमा रात्रिभोजको निम्तो पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement