सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा कुनै बिवाद नभएको लेखराज भट्टको दाबी


कैलाली– नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले सात नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा पार्टी भित्र कुनै विवाद नरहेको बताउनुभएको छ । भट्टले सोमबार संचारकर्मिहरुसंग कुरा गर्दै सांसद त्रिलोचन भट्टको नाम बहुमतले मुख्य मन्त्रीमा सिफारिस गरिएको प्रस्ट पार्नुभयो ।

पुर्वमन्त्री समेत रहेका भट्टले मुख्यमन्त्रीमा थारु नेतालाई सिफारिस  नगरिएको  भनी केही सन्चारं माध्यम र सामाजिक सन्जालमा  भैरहेको आलोचना  तथ्य परक नभई पार्टी पद्धति नबुझ्नेहरुले गरेको हुन सक्ने टिप्पणी समेत गर्नुभयो ।

भट्टले थारु समुदायलाई माओवादीले उपेक्षीत गरेको भनि चलाइएको हल्ला निराधार रहेको दाबी गर्नुभयो । थारु समुदायका नेताहरुलाई स्थापित गर्ने पार्टी माओवादी रहेको उहाको भनाई थियो ।

उहाले राष्ट्यि सभामा ५० प्रतिशत , प्रतिनिधि सभामा ५० प्रतिशत ,प्रदेश सभामा २५ प्रतिशत , स्थानिय तहको प्रमुख, उपप्रमुखमा झण्डै ६० प्रतिशतको हाराहारिमा थारु समुदायलाई नेतृत्व दिने आफुहरु नै भएको जिकिर गर्नुभयो ।

नेता भट्टले आफु माओवादीमा ७ नम्बर प्रदेशको इन्चार्ज भएपछि पार्टीभित्र रहेका थारु समुदायको नेतृत्वलाई सधै उचित सम्मान दिएको जानकारि दिदै तराइ र पहाडको सन्तुलन मिलाउन मुख्यमन्त्री पहाडबाट छनौट गर्नु परेको जानकारि दिनुभयो ।

‘सबै वर्ग क्षेत्र , लिंग र भुगोलको उचित सम्मान हुने गरि प्रदेश संसदको पदहरुमा सिट बांडफांड हुन्छ, हामी सबैलाई मिलाएर लाने कोशिस गर्छौ ।’ भट्टले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement