लेटाङमा महिला जवानको हत्या प्रकरणः घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ


काठमाण्डु – मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी छ । हाल घटनामा संलग्न भएकाे आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक गरिएको छैन ।

घटनामा संलग्न भएको आरोपमा लेटाङबाट छ जना पक्राऊ परेका छन् । शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा हिजो तनाव भएको थियो

प्रशासनले लेटाङको वडा ३ र ४ को पश्चिम क्षेत्र गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement