सवारी चालक अनुमति पत्र छपाइ सकियो

सवारी चालक अनुमति पत्र छपाइ सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ ।

बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।

विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनाल भन्नुहुन्छ, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो । ”

छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिनुभयो । विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो ।

जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । विभागले मास प्रिन्टर प्रयोगमा ल्याएपछि छपाइको काम अघि बढेको थियो । मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी ढुवानी गरेर दुर्घटनाको जोखिम बढाइरहेको भन्दै विभागले मुख्य राजमार्गमा गाडीको भार जाँच गर्न थप दुईवटा धर्मकाँटा (तौल पुल) निर्माण गरेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।