लिची खाँदा ख्याल नगरे ज्यानै जान सक्छ, जानौं फाइदा–बेफाइदाबारे

लिची खाँदा ख्याल नगरे ज्यानै जान सक्छ, जानौं फाइदा–बेफाइदाबारे


काठमाण्डु– यतिखेर लिचीको सिजन चलेको छ ।

स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ लिचीलाई । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ ।

लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ भने करिब ८२ प्रतिशत पानी हुन्छ, जसका कारण यसले डिहाइड्रेसनको समस्या कम गर्छ ।

लिचीका फाइदा र बेफाइदाका बारेमा जानौं

१. लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ । हड्डीको लागि फाइदाजनक हुन्छ ।

२. लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ ।

३.लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।

५. लिचीको सेवन गर्नाले ब्लडप्रेशर कन्ट्रोल गर्न मद्दत गर्छ ।

बेफाइदा

१. लिचीमा फाइबर र सोडियम जस्ता धेरै पोषक तत्त्वहरू पाइने भएता पनि यसमा चिनीको मात्रा उच्च हुन्छ, जसका कारण बढी मात्रामा खाँदा पेटको बोसो बढ्छ र मोटोपनाको कारण बन्छ ।

२. लिचीमा हाइपोग्लिसिन नामको बिष हुन्छ, । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । खाली पेटमा लिची खादा शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यहि नै मृत्युको कारण बन्न सक्छ ।

३. लो ब्लड प्रेसरको बिरामीले लिची खानु हुँदैन । विज्ञको सल्लाहमा यस्ता व्यक्तिले दिनमा ४–५ वटा मात्र लिची खानुपर्छ । बढी लिची खाँदा रक्तचाप कम हुन्छ ।

४. धेरै मात्रामा लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता पेट सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पाचन प्रणालीलाई कमजोर बनाउँछ।

५.लिचीको धेरै सेवन गर्नाले मस्तिष्कसँग सम्बन्धित एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ ।

६. एलर्जी भएकाले पनि लिची खान हुँदैन । किनकि यस्तो अवस्थामा लिची खाँदा छालामा दाग र चिलाउने सम्भावना हुन्छ ।