साँझपख विद्युत् अवरुद्ध, भारतबाट आउने लाइनमै ‘फल्ट’

साँझपख विद्युत् अवरुद्ध, भारतबाट आउने लाइनमै ‘फल्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतबाट आउने लाइनमै ‘फल्ट’ हुँदा बिहीबार साँझ संघीय राजधानी काठमाण्डुसहित देशका अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको छ ।

खाना पकाउने समयमा बिजुली जाँदा काठमाण्डु उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

भारतबाट नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा विद्युत् आउँछ, जुन बाटोमा प्राविधिक समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या देखिँदा विद्युत् अवरुद्ध भएको जानकारी दिए ।